स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु

जेठ १६, २०८२ शुक्रबार
स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु

उत्तरी स्पेनी क्षेत्र अस्टुरियासमा बिहीवार एउटा गोदाम भत्किँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय आपतकालीन सेवाहरूकाअनुसार घटना स्थानीय समय अनुसार दिउँसो १ बजे प्रान्तको पश्चिमी भागमा रहेको लगभग ३ हजार बासिन्दाहरू बस्ने शहर कोआना नजिकै भएको थियो । पशुपालन फार्ममा निर्माणाधीन गोदामको छत अचानक ढलेको हो । प्रहरीले भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ । दुर्घटना हुँदा घटनास्थलमा जम्मा नौ जना उपस्थित थिए । तीन जना सकुशल भाग्न सफल भए भने एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images