काठमाडौंको प्रदूषण न्युनिकरणका गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताउनु भयो । अर्थमन्त्री पौडेलका अनुसार स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको समेत अर्थमन्त्री पौडेलले बताउनु भयो । उहाँले हदबन्दीका कारण विक्री हुन नसकेका अनुमति प्राप्त हाउजिङ तथा अपार्टमेन्टहरूलाई विक्री गर्न पाउने व्यवस्था गरिने समेत उहाँको भनाइ छ । सरकारले अगामी आर्थिक वर्षमा जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानूनको पुनरावलोकन गर्ने जनाएको छ । —न्युज एजेन्सी नेपाल