कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन

जेठ १५, २०८२ बिहीबार
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन

सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ ।  आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार कृषि तथा पशुपंक्षी बीमा कार्यक्रममा साना तथा मmभौला किसानको पहुँच विस्तार गरिनेछ । बाली तथा पशु बीमाको प्रिमियममा दिइने अनुदानका लागि दुई अर्ब ३० करोड विनियोजन गरेको बताउनु भयो । मौसम पूर्वानुमान, कृषि उपजको मूल्य र कृषि सामग्रीको उपलब्धताका सम्बन्धमा किसानर्ला नियमित सूचना उपलब्ध गराउन किसान एपको विकास र एसएमएस सेवालाई व्यवस्थित गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images