दक्षिण कोरियामा सैन्य विमान दुर्घटनामा ४ जना चालक दलका सदस्यको मृत्यु

जेठ १५, २०८२ बिहीबार
दक्षिण कोरियामा सैन्य विमान दुर्घटनामा ४ जना चालक दलका सदस्यको मृत्यु

दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीवार जनाएको छ । रक्षा मन्त्रालयकाअनुसार चार जना चालक दलका सदस्यसहितको पी–३ समुन्द्री गस्ती विमानले स्थानीय समय अनुसार दिउँसो १ः४३ बजे दक्षिणपूर्वी शहर पोहाङको एक सैन्य अड्डाबाट प्रशिक्षणका लागि उडान भरेको थियो  स्थानीय समय अनुसार दिउँसो १ः४९ बजे गस्ती विमान बेस नजिकैको पहाडमा दुर्घटनाग्रस्त भएको थियो । चालक दलका सदस्य बाहेक अन्य नागरिकको हताहत नभएको मन्त्रालयले उल्लेख गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images