अख्तियारले कर्मचारी बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु लोकतन्त्रविरुद्धः काँग्रेस

जेठ १४, २०८२ बुधबार
अख्तियारले कर्मचारी बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु लोकतन्त्रविरुद्धः काँग्रेस

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई अख्तियारले बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध गर्नु लोकतन्त्रविरुद्ध भएको बताउनुभएको छ ।  बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्नेसम्म पनि ज्ञात नभएको अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताउनुभएको हो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारका मुख्यसचिवमाथि अनुसन्धान र निलम्वन गर्दा दाहालले राजीनामा दिनुभएको थियो भन्दै प्रश्न गर्नुभयो । बोलाइएका कर्मचारीलाई न थुनामा राखेको न कुनै मुद्दा अभियोजन गरेको न त बयान लिएको भन्दै यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु सरकारलाई असफल पार्ने षडयन्त्र भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images