नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग हुने प्रदर्शनले पनि टोलीको आगामी भविष्य निर्धारण हुने भएकाले मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्यसहित खेल्ने बताएका छन् । थाइल्याण्डसँग हुने दुई मैत्रीपूर्ण खेल खेल्न जान आयोजना गरिएको बिदाई कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक तामाङले वर्तमानको प्रदर्शनले पनि भविष्यबारे निर्धारण हुने भएकाले अहिले राम्रो गर्न चुनौती हुने बताएका हुन् ।