नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवद्र्धन गर्ने उद्देश्यसहित सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघबीचको सहकार्य शुरु भएको छ । मंगलवार आयोजित कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले पहिले नै सम्झौता भइसकेको सहकार्य आजदेखि शुरु भएको जानकारी दिनुभएको हो । कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पाण्डेले तयारी पोशाकलाई प्रतिष्पर्धात्मक बनाउने,त्यसबाट उत्पन्न हुने फोहोर विसर्जन, रोजगारीको सिर्जनासँगै उत्पादित वस्तुहरु विश्व बजारमा पु¥याउने र नेपालमा पनि बजारीकरणका विषयमा सहकार्य हुने बताउनु भयो ।