लगानी बोर्डको बैठकले सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । निजी क्षेत्रले प्रश्ताव गरेको एक हजार मेगावाटको सौर्य ऊर्जासँग सम्बन्धित आयोजनालाई स्वीकृत गरेर त्यसको अध्ययनको प्रक्रिया बढाउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनु भयो ।