गृहमन्त्रीको राजीनामाको विपक्षीको मागबारे एमालेः ‘धान काट्ने मुसा, दोष पाउने भ्यागुता ?’

जेठ १३, २०८२ मंगलबार
गृहमन्त्रीको राजीनामाको विपक्षीको मागबारे एमालेः ‘धान काट्ने मुसा, दोष पाउने भ्यागुता ?’

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गर्नुभएको छ ।  मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कर्मचारीहरुमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताउनु भयो । कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत उहाँको भनाइ छ । उहाँले प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images