इजिप्टले लिबियाबाट ७१ नागरिकलाई स्वदेश फिर्ता ल्यायो

जेठ १२, २०८२ सोमबार
इजिप्टले लिबियाबाट ७१ नागरिकलाई स्वदेश फिर्ता ल्यायो

राजधानी त्रिपोलीमा बढ्दो तनावका बीच इजिप्टले लिबियाबाट आफ्ना ७१ नागरिकलाई स्वदेश फिर्ता ल्याएको छ । मन्त्रालयले यो अभियान पूर्ण रूपमा इजिप्ट सरकारद्वारा वित्त पोषित भएको र फर्केकाहरूलाई कुनै आर्थिक भार नपर्ने बताएको छ । देशको ध्वजावाहक इजिप्टएयरको उडानमा उद्धार गरिएकाहरूलाई घर पठाइएको थियो । राष्ट्रपति अब्देल–फताह अल–सिसीले लिबियामा बसोवास गर्ने इजिप्टियनहरूको अवस्थाको अनुगमन गर्न, उनीहरूको सुरक्षा सुनिश्चित गर्न र घर फर्कन चाहनेहरूको फिर्तालाई सहज बनाउन निर्देशन दिएपछि स्वदेश फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images