भूकम्प प्रभावित म्यानमारलाई चीनको १५ औं ब्याचको सहायता सामग्री हस्तान्तरण

जेठ १२, २०८२ सोमबार
भूकम्प प्रभावित म्यानमारलाई चीनको १५ औं ब्याचको सहायता सामग्री हस्तान्तरण

चिनियाँ सरकारले पठाएको आपतकालीन मानवीय सामग्रीको १५ औं ब्याच आईतवार म्यानमारको याङ्गुनमा म्यानमारलाई हस्तान्तरण गरिएको छ । सहायता सामग्रीमा १२ हजार टन डिजेल, ३ हजार टन पेट्रोल, १ हजार १ सय २० पूर्वनिर्मित घरहरू साथै १ सय ६० पूर्वनिर्मित कार्यालय एकाइहरू र अन्य कार्यालयसँग सम्बन्धित वस्तुहरू समावेश थिए । जुन सबै याङ्गुन क्षेत्रका मुख्यमन्त्री यू सो थेनले स्वीकार गरेका थिए । मार्च २८ मा म्यानमारमा ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । मे १३ सम्ममा भूकम्पले लगभग ३ हजार ८ सय जनाको ज्यान लिएको छ भने ५ हजार १ सय भन्दा बढी मानिसहरू घाइते भएका छन् । ८५ जना बेपत्ता छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images