२०६७ सालदेखि सुरू कान्तिपुर हाफ म्याराथनको १३औं संस्करण आगामी जेठ १७ गते हुने भएको छ । पहिलोपल्ट लेट्स रन फर ग्रिनर टुमारो भन्ने नारा लिककंदै कान्तिपुर पब्लिकेशन्स लिमिटेडले कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण गर्न लागेको हो । करिब २५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको कान्तिपुर हाफ म्याराथनमा महिला र पुरष गरी विभिन्न चार विधा रहेका छन् ।