गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताउनुभएको छ । शनिवार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि काँग्रेसको सरकार नबनेको भन्ने गुनासो गर्नुभएको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताउनु भयो । काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताउनु भयो ।