नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताउनुभएको छ । शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको अधिकारकानाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरुमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताउनु भयो ।