जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, वागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिमपहिरोदेखि हिमताल विष्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरुको चेतावनी छ । विज्ञहरुको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरु व्यवस्थित हिसावले गरिरहेको बताएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उपे्रतीले मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भुमिका त्यत्तिकै महत्वपूर्ण हुने बताउनु भयो ।