नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले र काँग्रेस मिलेर अहिलेको सरकार बनेको भन्दै काँग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न काँग्रेसका मञ्चबाट गरिनु उपयुक्त नहुने बताउनु भयो । उहाँले काँग्रेस सरकारमा देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको बताउनु भयो ।