नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताउनुभएको छ । शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको बताउनु भयो । उहाँले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रुपमा भएको बताउनु भयो । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताउनु भयो ।