नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ । शुक्रवार काठमाडौंमा आयोजक एभरेस्ट एलायन्स नेपालले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने जानकारी दिएको हो । समिट जेठ १३ गते देखि काठमाडौंको सोल्टीमा हुनेछ । सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरुको विशेष जमघट रहने आयोजकले जनाएको छ ।