मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट अवैध रुपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिवन्ध लगाउन जरुरी रहेको बताउनुभएको छ । अवैध रुपमा सीमानाकाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताउनुभएको हो । जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गर्नुभयो । जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको बताउनु भयो ।