लेबनानी राष्ट्रपति जोसेफ आउनले बेरुतमा आफ्ना प्यालेस्टिनी समकक्षी महमूद अब्बाससँग भेट गर्नुभएको छ । भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय विकास र पारस्परिक चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल भएका छन् । वार्तापछि जारी विज्ञप्तिअनुसार दुई नेताहरूले आफ्ना दुई देशहरू बीचको भाइचारा सम्बन्धलाई प्रकाश पार्नुभयो ।