वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन गरिने बताउनुभएको छ । बिहीवार बसेको प्रदेश सभा बैठकमा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री काफ्लेले रणनीतिक महत्वको सडक, विपद् जोखिम न्युनिकरण, कृषि क्षेत्रको व्यवसायीकरणलाई जोड दिनेगरी बजेट तर्जुमा गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बजेट प्रणालीमा वित्तीय जवाफदेहितलाई अभिवृद्धि गरिने समेत उहाँले बताउनु भयो ।