लाङटाङ क्याजिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आगामी जेठ २४ गते हुने भएको छ । रसुवा नुवाकोट पर्यटन समाजले स्थानीय पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित लाङटाङ ट्रेल रन गर्न लागेको हो । रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर सन् २०१६ मा रसुवा नुवाकोट पर्यटन समाज स्थापना गरिएको हो । जसले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत काम गर्दै आएको छ । त्रिपुरेश्वरमा बिहीवार पत्रकार सम्मेलन गर्दै समाजले ट्रेल रनको बारेमा जानकारी दियो ।