नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन गर्दै निजी क्षेत्र प्रवद्र्धन, शुसासन अभिवृद्धि गर्नेगरी बजेट ल्याउन निजी क्षेत्रले माग गरेको छ । संघीय संसदको अर्थ समितिमा आगामी वर्षको बजेटका सन्र्दभमा निजी क्षेत्रसँग भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आगामी बजेटले सामाजिक न्याय सहितको खुला अर्थतन्त्रको विस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवद्र्धन, शुसासन अभिवृद्धि एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्ष समेटिनुपर्ने बताउनु भयो ।