सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिवन्ध लगाउने अधिकार सरकारलाई रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । राजतन्त्र पुनःस्थापना गर्नेकुरा संविधन विरोधी काम भएको उल्लेख गर्नुभयो ।