संघीय लोकतान्त्रिक मोर्चाले संसदमा सरकारले प्रश्तुत गरेको “भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक” को विरोध गरेको छ । विधेयकले भूमिहीन र सुकुम्वासीको हितमा नभई भूमाफिया, जग्गा दलाल र वन तस्करलाई फाइदा पु¥याउने ठहर गरेको हो । जनमत पार्टीको सम्पर्क कार्यालय बानेश्वरमा बसेको बैठकले विधेयकले वनजंगल विनाश, जैविक विविधता नष्ट, र तराई–मधेसको मरुभूमिकरण निम्त्याउने तथा बसाईंसराइबाट जनसंख्या वृद्धि भई संकट सिर्जना गर्ने चेतावनी दिइएको छ ।