सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक रहेको बताउनुभएको छ । बुधवार कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आयोजित गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरिएको बताउनु भयो ।