पर्यटन विधेयकले सुशासनको प्रत्याभुति दिलाउँछः पर्यटनमन्त्री पाण्डे

जेठ ७, २०८२ बुधबार
पर्यटन विधेयकले सुशासनको प्रत्याभुति दिलाउँछः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन विधेयकले सुशासनको प्रत्याभुति दिलाउने बताउनुभएको छ ।  राष्ट्रिय सभाको बुधवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । विधेयकलाई समृद्ध र सुदृढ बनाउन मद्दत पुगेको विश्वास गर्नुभयो । उहाँले विधेयकले हाम्रा पद्धतिलाई बलियो बनाउन खोजेको भन्दै त्यसै खालका प्रवन्ध र व्यवस्था मिलाएर सुशासनको प्रत्याभुति दिलाउने स्पष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रमैत्री र पर्यटन मैत्री व्यवस्था मिलाउनु आजको आवश्यकता भएको जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images