सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा छैनः मन्त्री पन्त

जेठ ७, २०८२ बुधबार
सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा छैनः मन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । बुधवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले यस्तो दाबी गर्नुभएको हो । उहाँले विधेयकलाई लम्ब्याउने पक्षमा सरकार नरहेको र समितिको बैठक छिटो छिटो बसेर टुंग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय सहमति हुन बाँकी रहेका विषयहरु राजनीतिक तहबाट सहमति गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images