माओवादीलाई काँग्रेसको जवाफः समितिको नेतृत्व भागबण्डाबाट भएको हो, आफ्नै नेतासँग गएर कुरा गर्नुस्

जेठ ७, २०८२ बुधबार
माओवादीलाई काँग्रेसको जवाफः समितिको नेतृत्व भागबण्डाबाट भएको हो, आफ्नै नेतासँग गएर कुरा गर्नुस्

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सार्वजनिक लेखा समितिको सभापतिको विषयलाई लिएर नगिजोल्न नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्नुभएको छ । तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शिर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न आग्रह गर्नुभएको हो । उहाँले समितिमा आएर सधैँ गिजोलिरहनु भन्दा आफ्ना शिर्षस्थ नेताहरुसँग गएर कुरा गर्न आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images