स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बराकोटीले सुरक्षित गर्भपतनबारे जनचेतना जगाउन सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सोसाइटी फर हेल्थ एड्भोकेसीले बुधवार काठमाडौंमा आयोजनमा गरेको रोज्न पाउने स्वतन्त्रताः “प्रजनन अधिकार सुनिश्चितताको लागि मिडियाको भूमिका” विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुन–कुन ठाउँमा सुरक्षित गर्भपतन छ ? सुरक्षित गर्भपतन लिँदा निःशुल्क रूपमा लिन पाइन्छ भन्ने विषयमा जनचेतना फैलाउन मिडियाको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।