अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक (बाफिया) मा छलफल भएको छ । अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिर्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले अहिलेको बाफिया विधेयक जस्ताको त्यस्तै पास भए बैंकमा पैसा अझ धेरै थुप्रने बताउनु भयो । उहाँले अहिले राखिएका प्रावधान लगानी विस्तारका लगानी वाधक हुने बताउनु भयो । उहाँले बैंक वित्त संस्थाको संचालकको योग्यता विज्ञ हुनुपर्छ । नेपालकाअनुसार सञ्चालकको संख्या ११ देखि १२ राख्दा हुन्छ । चालु पुँजी कर्जासम्बन्धि राष्ट्र बैंकले नीति ल्याउँदा अहिले उद्योगी व्यापारीहरुले कर्जा लिन नसकेको उहाँको भनाइ छ ।