बजेट, भूमि विधेयक लगायतका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । जनमत पार्टीको कार्यालयमा जारी बैठकले मोर्चाको सचिवालय र मूल समितिलाई पूर्णता दिने बताइएको छ । अघिल्लो बैठकको निर्णयअनुसार सबै पार्टीले नाम दिइसकेकोले आजको बैठकले अनुमोदन गर्ने जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । साथै आजको बैठकमा भूमी अध्यादेश र आगामी बजेटका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।