राष्ट्रिय सभा सांसद नरबहादुर विष्टले प्रधानमन्त्रीले बोलाएको बैठकमा काँग्रेस सभापति नगएको भोलिपल्टै नेपाल राष्ट्र बैंकको गभर्नरमा सहमति भएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले ढिलो गरेरै भएपनि राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । सांसद विष्टले वर्तमान टेक्नोलोजिको युगमा पनि नेपालका सरकारी अस्पतालहरुको वेथिति अन्त्य हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।