ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पु¥याउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताउनु भयो । उहाँले ठूलो सङ्ख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताउनु भयो ।