सरोकारवालाहरुले जलवायु परिर्वतन न्युनिकरणका लागि प्रतिवद्धता सहितको ‘तेश्रो राष्ट्रिय निर्धारित योगदान (तेश्रो एनडिसी)’ का लक्ष्य प्राप्तीका लागि सर्वपक्षीय साझेदारी गर्न सरकारलाई सुझाव दिएका छन् । सरकारले जलवायु परिवर्तनविरुद्ध आफ्नो महत्वाकांक्षी प्रतिवद्धता झल्काउँदै तेस्रो राष्ट्रिय निर्धारित योगदान, अर्थात् एनडिसि ३, सगरमाथा संवादमा सार्वजनिक गरेको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो एनडिसीलाई कोप—२९ का अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । विज्ञहरुले तेश्रो एनडिसीमा सरकारले कन्डिसनल र अनकण्डिसनल लक्ष्य निर्धारण गरेकाले सबै लक्ष्य हासिल गर्न सबै तहका सरकारसमेतको समन्वयमा यस क्षेत्रमा कार्यरत एनजिओ, आईएनजीओ, नीजी क्षेत्र, नागरिक समाज लगायतको सहयोग आवश्यक रहेकोमा जोड दिएका हुन् ।