पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले उर्जा विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ । बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सभापति सिंहले उर्जा विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको हो । उहाँले अब चाँडो भन्दा चाँडो समितिले प्रक्रिया पूरुा गरेर सभामा पेश गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो । उहाँले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा आइसकेको र अब छिटै छलफल गरेर टुंगो लगाइने बताउनु भयो ।