उद्योगी, व्यवसायीहरुसँग लिनुपर्ने डेडिकेटेड र ट्रंक लाइनको वक्यौता उठाउने काम छिटै शुरु हुने बताउनुभएको छ । पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बस्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीपरिषद्ले लाल अयाोगलाई आधार मानेर टिओडी मिटरको आधारमा तत्काल पैसा उठाउने निर्देशन दिएको र त्यही निर्देशन बमोजिम मन्त्रालयले प्राधिकरणलाई सहयोग पु¥याउने गरी कमिटी गठन गरेपछि त्यसका बिरुद्ध मुद्दा परेर बीचमै रोकिएको बताउनु भयो । उहाँले अहिले केही आवश्यक कुराहरु संशोधन गरेर तत्काल वक्यौता उठाउने भनेर प्राधिकरणले काम गरिरहेको जानकारी दिनुभयो । केही दिनभित्रै वक्यौता उठाउने काम शुरु हुने जानकारी दिनुभयो ।