उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र यथार्थपरक रहेको बताउनुभएको छ । बुधवारको पूर्वाधार समितिको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले हालको विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्वएमडी गएपछि नयाँ एमडी आएपछि नभएको बताउनु भयो । उहाँले पूर्वएमडी कुलमान घिसिङ एमडी हुँदैका बेलामा बोर्ड निर्णय गरेर प्रश्तावलाई अडिट गर्नुपर्छ भनेको बताउनु भयो । उक्त समयमै महालेखा परीक्षकले प्राधिकरणको घाटा देखाइरहेको तर तत्कालीन कार्यकारी निर्देशक घिसिङले भने नाफा देखाउनुभएको उल्लेख गर्नुभयो ।