लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य

जेठ ७, २०८२ बुधबार
लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि. बिच सहयोग सम्झौता भएको छ । यस साझेदारीमार्फत दुवै पक्षले आगामी २ वर्षसम्म हिंसा विरुद्धको पैरवी, क्षमता अभिवृद्धि, हिंसा प्रभावित महिला तथा किशोरीको पुनःस्थापना गरी सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ । मनकामना दर्शन प्रा. लि. ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि केबल कार परिसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, हिंसा विरुद्धको अधिकार तथा न्याय प्राप्तिका लागि गरिने कार्य, प्रत्याभुति गर्ने निकाय सम्मको पहुँच विस्तार लगायतबारे सूचना सामग्री राख्नेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images