सुडानी सशस्त्र बलले मंगलवार खार्तुम राज्यलाई अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबाट मुक्त राज्य घोषणा गरेको छ । जसले दुई वर्षभन्दा बढी समयपछि राज्यमा समूहको उपस्थिति समाप्त गरेको छ । खार्तुमलाई विद्रोही र उनीहरूका समर्थकहरूबाट मुक्त गरिएको घोषणा गरेको हो । एसएएफ र आरएसएफले नियन्त्रणमा रहेका बाँकी सबै क्षेत्रहरू पूर्ण रूपमा पुनः प्राप्त नभएसम्म सैन्य कारबाही जारी राख्ने प्रतिवद्धता जनाएको छ ।