इजरायली सेनाले मंगलवार गाजामा आफ्नो स्थल आक्रमण विस्तार गर्ने र थप क्षेत्र नियन्त्रण गर्ने बताएको छ । आफूहरु अपरेशन विस्तार गरिरहेको र थप क्षेत्रहरूमा सञ्चालन नियन्त्रण स्थापित गर्ने जनाएको छ । आतंकवादी पूर्वाधार खाली गर्ने र ध्वस्त पार्ने इजरायलको चेतावनी छ । जबसम्म हमास निर्णायक रूपमा पराजित हुँदैन तबसम्म आक्रमण जारी रहने इजरायलका सैन्य प्रमुख इयाल जामिरले अपरेशन गिदोन्स रथको चौथो दिन गाजाबाट एक भिडियो वक्तव्यमा भन्न्ुभयो ।