संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको इतिहास गौरव गर्न लायकको रहेको बताउनुभएको छ । मंगलवार वसन्तपुरमा अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले ढुंगा, काठ, थांका चित्रहरु नेपालको परिचय भएको बताउनु भयो । मन्त्री पाण्डेले नेपालीहरु पौरखीमात्रै नभएको भन्दै नेपालीहरु वीर र सिद्धहस्त पनि रहेको बताउनु भयो ।