राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको विश्वासबाट नै राजसंस्था पुनःस्थापना गर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट नभएको बताउनु भयो । उहाँले २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट नभएको उल्लेख गर्नुभयो । उहाँले अहिले पनि आफूहरुले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको बताउनु भयो । उहाँले एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको बताउनु भयो ।