नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले निर्वाचित जनप्रतिनिधिको भुमिका कमजोर बनाउने प्रयास कुनैपनि बहानामा उचित नहुने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरुलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताउनुभएको हो । उहाँले समाजमा एकाथरी मानिसहरु यस कार्यलाई अलग गर्नुपर्ने भनेर वाहियात छलफल, बुद्धि विलासका साथै पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको आरोप लगाउनु भयो ।