संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण

जेठ ६, २०८२ मंगलबार
संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसदमा काम गर्ने मर्यादापालकहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म सांसदहरुको सुरक्षाका लागि बस्ने गरेपनि सरकारले खाजा र भत्ताको व्यवस्था नगरेको गुनासो गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images