श्री कुमारी क्लव र ब्रिगेड ब्वाइज क्लवले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार जित निकाल्दै रेलिगेसनबाट जोगिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा ब्रिगेड ब्वाइजले च्यासल युथ क्लवमाथि ४–१ को जित निकाल्दै रेलिगेसन संकट टारेको हो । ब्रिगेडको सहज जितमा मुकुन्दकुमार निउरेले ह्याट्रिक पूरा गरे । रोमन श्रेष्ठले एक गोल थपे । खेलको नवौं मिनेटमा रोमनको गोलबाट बिग्रेडले अग्रता लिएको थियो । तर, त्यसको चार मिनेटपछि नै च्यासलले गोल फर्काउँदै बराबरीमा ल्यायो । च्यासलका लागि कमल थिङले गोल गरेका हुन् ।