अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी

जेठ ५, २०८२ सोमबार
अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाउनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आगामी दिनमा बनाइने रंगशाला, र पनःनिर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताउनु भयो । उहाँले  मधेस प्रदेशमा रहेको नारायणी रंगशालालाई पनि अपाङ्गमैत्री रंगशाला बनाइरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images