सांसदहरुले जलश्रोत विधेयक २०८१ ले नेपालको जलश्रोतको विकासमा नयाँ परिस्थितिको सिर्जना गर्ने बताएका छन् । उनीहरुले प्राकृतिक विपतका जोखिमलाई मध्यनजर गरेर जलाशययुक्त ठूला परियोजना निर्माण गर्दा बाँध सुरक्षा, गुणस्तर र सुनिश्चितताका लागि निर्माण पक्षलाई जिम्मेवार बनाउनु विधेयकको महत्वपूर्ण पक्ष भएको बताएका हुन् । छलफलमा भाग लिँदै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्षी दलको हैसियतमा राम्रा कामको समर्थन र नराम्रा कामको विरोध स्वाभाविक भएको बताउनु भयो ।