भन्सार ड्युटी, ल्याव टेस्टले अलँैची, सुपारी निर्यातमा कठिनाई

जेठ ५, २०८२ सोमबार
भन्सार ड्युटी, ल्याव टेस्टले अलँैची, सुपारी निर्यातमा कठिनाई

कृषिजन्य वस्तुहरु अलैँची, छुर्पी, सुपारीजस्ता वस्तु निर्यातमा कठिनाइ देखिन थालेको छ । भन्सार ड्यिुटी परिवर्तन, गन्तव्य मुलुकहरुले नेपालको ल्याव टेस्ट  नमानिदिँदा त्यस्ता वस्तुहरु निर्यात गर्न अप्ठ्यारो परिरहेको व्यवसायीहरुले बताएका छन् ।  नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैँची निर्यातमा भन्सार डय्टीकै कारण समस्या देखिएको बताउनु भयो । भारत, बंगलादेश लगायत तेस्रो मुलुकमा अलौची निर्यात हुँदै आएकोमा पछिल्ला दिनमा भन्सार ड्यूटी, ल्याव टेस्टका कारण निर्यात गर्न समस्या परेको बताउनु भयो ।   उहाँले भन्नुभयो– ‘बंगलादेशसहित अन्य धेरै देशमा अलैँची निर्यात ड्युटीका कारणले जान सकिरहेको छैन, धेरै देशमा नीतिगत समस्याहरु छन । ती नीतिगत समस्या अहिलेसम्म समाधान भएको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images