सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरुलाई उपस्थिति नगराइएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरुलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् । समितिका तीन जना सदस्यहरुलाई बोलाइएको जानकारी सभापति कुसुमदेवी थापाले दिएसँगै उनीहरुले सभापति थापाले आफूलाई मनपर्नेलाई बोलाएर संवादमा सहभागी जनाएको बताए ।